Press Release regarding financial support to Kathmandu Institute of Child Health
प्रेष विज्ञप्ती
   
 
  
नेशनल लाईफ इनस्योरेन्स कम्पनी लि. र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ (Kathmandu Institute of Child Health) बिच आज एक सम्झौता भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीज्यू र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीज्यूले पहिलो किस्ता रकम रु २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गर्नुभयो ।  

समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउनु हुँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराउनु भएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीज्यूले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै अस्पताल संचालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।