Press Release 2070-08-24: Inauguration of Chairperson Club
काठमाण्डौं, मंसिर २४ गते ।
नेशनल लाईफ इन्स्योरेन्स कं. लि. का अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले काठमाण्डौंमा Chairperson Club को समुद्घाटन गर्नु भयो । उक्त कम्पनीमा आर्थिक वर्ष २०६९/०७० मा रु.५००,०००/- सम्म आफ्नो कोडमा प्रथम बीमाशुल्क संकलन गर्न सक्षम भएका अभिकर्ताहरु उक्त क्लबको सदस्य रहने ब्यवस्था रहेको छ । नेपाल अधिराज्यभरिवाट उक्त क्लबको सदस्यता प्राप्त गर्न सक्षम हुने ७८ जना अभिकर्ता महानुभावहरु मध्ये उत्कृष्ट बीमा ब्यवसाय गर्ने १० जनालाई कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंह ज्यूले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने कम्पनीका कार्यकारी अधिकृत श्री भरत वस्नेतज्यूले सम्पूर्ण क्लब का सदस्य महानुभावहरुलाई खादा तथा टिका लगाई सम्मान गर्नु भएको थियो । सबै भन्दा बढि प्रथम बीमाशुल्क रु.२२,३५,१६५/- संकलन गरी शाखा कार्यालय हरिवन अन्तर्गतका अभिकर्ता बुद्धि प्रसाद तिमिल्सिना प्रथम रु.२०,०५,१३८/- संकलन गरी शाखा कार्यालय नेपालगंज अन्तर्गतका अभिकर्ता श्री शंकर लामिछाने द्वितिय र रु.१७,५८,०५३/- संकलन गरी शाखा कार्यालय धरान अन्तर्गतका श्री हिम चन्द्र कटुवाल तृतिय हुनु भएको थियो ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले आउंदा वर्षहरुमा कम्पनीको ब्यवसाय गुणात्मक रुपमा बृद्धि हुने आशा ब्यक्त गर्नु भएको थियो भने कम्पनीका कार्यकारी अधिकृत श्री भरत बस्नेत ज्यूले नयां नयां बीमा योजना लागु गरी जीवन बीमा ब्यवसायमा वढोत्तरी गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । उक्त Chairperson Club को कार्यक्रम संयोजन कम्पनीका शाखा प्रबन्धक श्री सुमोद थापाले गर्नु भएको थियो ।